काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा अहिलेसम्म २३ परिवारको तथ्यांक संकलन भएको छ।
रंगशालामा आउने सुकुम्वासीहरूको तथ्यांक संकलन उपत्यका विकास प्राधिकरणले गर्दै छ। थापाथली, गैरिगाउँ लगायतका स्थानबाट सुकुम्वासीहरू होल्डिङ सेन्टरमा आउने क्रम जारी छ।
यस्तै प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौं महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवद्र्धन केन्द्र खुला रहेका छन्, जहाँ सामान्य प्राथमिक उपचार प्रदान गरिँदैछ।
होल्डिङ सेन्टरमा पुगेका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर सरकार अगाडि बढिरहेको उनले बताए ।
गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि चल्यो डोजर
