काठमाडौं । सरकारले देशभर सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ ।
गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।
गृह सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउन पनि भनेको छ ।