काठमाडौं । सामसङ नेपालले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र उनीहरूका परिवारलाई लक्षित गर्दै “रेमिट मा बेनिफिट” अभियान सुरु गरेको घोषणा गरेको छ। कम्पनीले रेमिट्यान्सलाई केवल आर्थिक स्रोत नभई परिवारको जीवनस्तर उकास्ने अवसरका रूपमा रूपान्तरण गर्ने उद्देश्यसहित अभियान ल्याएको जनाएको छ।
कम्पनीका अनुसार यस अभियानमार्फत रेमिट्यान्समा आधारित परिवारहरूलाई प्रिमियम प्रविधिमा सहज पहुँच प्रदान गर्ने लक्ष्य राखिएको छ। अभियानअन्तर्गत ग्राहकहरूले स्मार्टफोन, टेलिभिजन, फ्रिज र वासिङ मेसिन खरिदमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक सुविधा पाउनेछन्।
त्यसैगरी एनसेल मार्फत रिचार्ज गर्दा अधिकतम १८० जीबी बोनस डेटा उपलब्ध हुने तथा २४ महिनासम्मको ईएमआई सुविधा पनि दिइनेछ। यी सुविधाले ग्राहकहरूको मासिक किस्ता भार घटाउँदै आधुनिक उपकरणमा पहुँच सहज बनाउने कम्पनीको दाबी छ।
अभियानलाई आईएमई रेमिट, खल्ती, एचएफएल, एचआईएम इलेक्ट्रोनिक्स तथा त्रिवेणी ब्यापार लिमिटेडसँगको सहकार्यले थप सुदृढ बनाएको छ।
अफर उपयोग गर्न ग्राहकले आईएमई रेमिट मार्फत रेमिट्यान्स प्राप्त गरी कन्ट्रोल नम्बर सहित स्टोरमा गई उपकरण छनोट गर्नुपर्नेछ। त्यसपछि एचएफएल मार्फत कर्जा आवेदन, एनसेल प्याकमार्फत बोनस डेटा र खल्ती मार्फत क्यासब्याक सुविधा लिन सकिने व्यवस्था गरिएको छ।

यस अवसरमा प्रणय रत्न स्थापितले रेमिट्यान्सलाई “आशा र आकांक्षाको प्रतीक” भन्दै यस अभियानले परिवारहरूको जीवनस्तर सुधारमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।

कम्पनीका अनुसार यो अफर विशेषगरी आइएमई रेमिट मार्फत कारोबार गर्ने रेमिटरहरू तथा उनीहरूका परिवारका लागि लक्षित गरिएको हो।