काठमाडौं । नेपालमा पूर्ण भिट्रिफाइड टायल उत्पादन गर्ने अग्रणी कम्पनी लामिनारले आफ्नो नयाँ उत्पादन एन्टिब्याक्टेरियल टायल शृंखला ‘जर्मसेफ’ सार्वजनिक गरेको छ । भृकुटीमण्डपमा आयोजित ‘नेपाल मेडिकल शो २०२६’ को अवसरमा यो नयाँ प्रविधिको टायल सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार जर्मसेफको प्रभावकारिता एनएबीएल मान्यताप्राप्त प्रयोगशाला इन्टरटेक इन्डियाद्वारा आईएसओ २२१९६ (जेआईएस जेड २८०१) मापदण्डअनुसार स्वतन्त्र रूपमा परीक्षण गरिएको छ । परीक्षणमा ३.५८ को ‘आर भ्यालु’ प्राप्त भएको छ, जसले अर्थ २४ घण्टाभित्र ब्याक्टेरियाको चाप ९९.९ प्रतिशतभन्दा बढीले घट्ने देखाउँछ ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला (आईएसओ/आईईसी १७०२५) को कार्यक्षेत्रभित्र गरिएको यस परीक्षणले यसको उच्च एन्टिब्याक्टेरियल कार्यक्षमता पुष्टि गरेको छ ।
जर्मसेफ टायल नेपाल गुणस्तर एनएस ६१७ अन्तर्गत ग्रुप बी एलए (पूर्ण भिट्रिफाइड वर्ग) मा उत्पादन गरिएको हो, जसको जलअवशोषण ०.०८ प्रतिशत वा सोभन्दा कम छ ।
यस प्रकारको घना र छिद्रमुक्त बनावटले सूक्ष्मजीवहरूलाई फैलिन र टिक्न संरचनागत रूपमा सीमित गर्छ । कम्पनीका अनुसार जर्मसेफमा प्रयोग गरिएको एन्टिब्याक्टेरियल तत्त्व उत्पादन प्रक्रियाकै क्रममा टायलको ग्लेजमा फायर गरिएको हुन्छ । सतहमाथि मात्र लगाइने कोटिङ वा फिल्म समयसँगै कमजोर हुने सम्भावनाको विपरीत, यस्तो विधि अपनाइँदा सतहको कार्यसम्पादन दीर्घकालसम्म प्रभावकारी रहने कम्पनीको दाबी छ ।

यो शृंखला ग्लेज्ड भिट्रिफाइड टायल (म्याट र ग्लोसी) तथा फुल–बडी होमोजिनियस स्वरूपमा उपलब्ध छ । विशेषगरी अस्पताल, क्लिनिक, प्याथोलोजी प्रयोगशाला, व्यावसायिक भान्सा, होटललगायत उच्च स्वच्छता आवश्यक पर्ने क्षेत्रहरूका साथै आवासीय प्रयोगमा पनि यसको उपयोगिता रहने कम्पनीले जनाएको छ ।

लामिनारका प्रबन्ध निर्देशक आशुतोष खेतानले भने, ‘जर्मसेफ मार्फत हामी नेपालमै उत्पादन भएको, अन्तर्राष्ट्रिय रूपमा मान्य मापदण्डअनुसार परीक्षण गरिएको भरपर्दो एन्टिब्याक्टेरियल सतह समाधानमध्ये एक प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेका छौँ । यो पहलले नेपाली निर्माण क्षेत्रमा विश्वस्तरका कार्यसम्पादन मापदण्ड स्थापित गर्ने हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गर्छ ।

जर्मसेफ टायल स्पेसिफिकेशन तथा परियोजना प्रयोजनका लागि तत्काल उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपाल मेडिकल शो अवधिभर ल्यामिनारको प्राविधिक टोली स्टलमै उपस्थित रहने र स्वास्थ्य क्षेत्रका पेशाकर्मी, परियोजना परामर्शदाता तथा संस्थागत खरिदकर्तालाई आवश्यक प्राविधिक जानकारी उपलब्ध गराउने बताइएको छ ।