काठमाडौं । सरकारले आज पनि सुकुम्बासी बस्ती र अतिक्रमित जग्गामा बनेका संरचना खाली गर्ने अभियान जारी राखेको छ ।
थापाथली, गैरीगाउँ र मनोहराको सुकुम्बासी बस्ती खाली गरेको सरकारले शुक्रबारदेखि दोस्रो चरणको अभियान सुरु गरेको थियो ।
सो अभियानअन्तर्गत आज धोवीखोला मिचेर बनाइएको ७ तले घर भत्काउन सुरु गरिएको छ ।
ठूलो संख्यामा प्रहरीको तैनाथीमा काठमाडौं महानगरले आइतबार बिहानबाट भवनमा डोजर चलाएको हो ।

