काठमाडौं । दलित समुदायले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)प्रति आक्रोश व्यक्त गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
आइतबार माइतीघरमा भेला भएका उनीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्मालाई न्याय दिनुपर्ने भन्दै प्रधानमन्त्रीसँग भेट्न खोजेका थिए । तर, भेट नदिएपछि उनीहरूले प्रधानमन्त्री बालेनको आलोचनासहित प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्रीले सिन्धुलीको खुर्कोट प्रहरी कार्यालयमा मारिएका श्रीकृष्णका आफन्तलाई समेत भेट नदिएपछि आफूहरूले त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन गर्नुपरेको संयुक्त दलित राजनीतिक संघर्ष समितिका संयोजक दलजीत सिर्पालीले बताए ।