काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा हराएको २५५ राउण्ड गोली काभ्रेमा भेटिएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित सडक छेउको नालामा बाकसमा राखिएको अवस्थामा ती गोली भेटिएको प्रहरीले जनाएको छ ।
भेटिएकामध्ये २३१ राउण्ड एसएलआर र डट३०३ को २४ राउण्ड छन् । उक्त गोली इलाका प्रहरी कार्यालय बनेपामा राखिएको बताइएको छ ।