काठमाडौं, भदौ १४ – काठमाडौं उपत्यकामा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुर र भक्तपुरमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको हो ।
उनी साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचारारत थिए । यसैबीच, भक्तपुरमा होम आइसोलेसनमा रहेका एक जनाको कोरोनाले मृत्यु भएको हो ।
कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको सोही वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिएका छन् ।
मृतक मधुमेह र उच्च रक्तचापका बिरामी थिए । भदौ ११ गते गरिएको पीसीआर रिपोर्ट अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ।
FACEBOOK COMMENTS