काठमाडौं । साताको चौथो सेयर कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक तीन अंकले बढेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक ३ अंकले बढेर २७४३.२५ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ४४ वटा स्क्रिप्सको ६ हजार ३६५ कित्ता सेयर ४० लाख २६ हजार ६०८ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।