काठमाडौं । साताको चौथो कारोबारमा सेयर बजार १० अंकले घटेको छ । बिहीबार सेयर बजार परिसूचक १०.०७ अंक घटेको हो ।
योसँगै बजार मापक २७३०.१७ विन्दुमा झरेको छ । ८० कम्पनीको सेयर मूल्य बढेको छ । १७४ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
यस दिन तीन अर्ब २९ करोड दुई लाख ४४ हजार ६१९ रुपैयाँबराबरको सेयर खरिद–बिक्री भयो । ७९ लाख ५८ हजार ७५२ कित्ता सेयर ४६ हजार ४०२ पटकमा किनबेच भएको हो ।
युनियन हाइड्रो, क्रेस्ट माइक्रो, एनआईबीएल स्टेबल फन्ड, एनएमबी हाइब्रिड फन्डलगायत कम्पनी बढी कमाउने शीर्ष स्थानमा रहे । समूहगततर्फ लाइफ इन्स्योरेन्स, म्युचअल फन्ड र ट्रेडिङ बढ्दा बाँकी सूचक राताम्मे देखिए ।