काठमाडौं । चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार सिनेमाका दुई पोस्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक दुई पोस्टरमा चलचित्रका दुई मुख्य पात्र छन् । एउटामा नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का दुवै अटाएका छन् । दोस्रो पोस्टरमा सिम्रन मात्रै छिन् ।
पोस्टरले सिनेमा ग्रामीण समाजको कथामा बनेको प्रस्ट पार्ने प्रयास गरेको छ । पहिलो पोस्टरमा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा छन् ।

दोस्रोमा सिम्रन डोकोमा स्याउलाको भारी बोकेर पढ्दै हिँडिरहेको देखिन्छ । पृष्ठभूमिमा खरले छाएको झुप्रो छ । सार्वजनिक दुई पोस्टरले पहाडमा बस्ने एक गरिब परिवारको कथा चलचित्रले उठान गरेको देखाउँछ ।

‘गौँथली’ साउन १ गतेबाट प्रदर्शनमा आउँदै छ । डा. कपिल रिजालले निर्देशन गरेको चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् । मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको पनि अभिनय रहेको छ ।
डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।