काठमाडौं । कृषि, वन तथा पर्यवरणमन्त्री गीता चौधरीले स्वदेशी उत्पादनको प्रयोगलाई प्रवर्द्धन सबैमा आग्रह गरेकी छिन् ।
आज मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले दुग्ध विकास संस्थान (डिडिसी) का दुग्धजन्य उत्पादनका साथै अन्य स्वदेशी वस्तु प्रयोग गर्न थालेको भन्दै सबैले स्वदेशी उत्पादन उपयोगमा जोड दिनुपर्ने बताइन् ।
मन्त्री चौधरीले स्वदेशी उत्पादनको प्रयोगले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने र देशको अर्थतन्त्र मजबुत बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरिन । उनले भनिन् “आन्तरिक उत्पादन वृद्धि र तिनको उपभोमार्फत राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन आवश्यक छ । त्यसैले आमउपभोक्तादेखि उच्च ओहदामा रहेका सबैले स्वदेशी उत्पादनलाई माया गरौँ ।”
डिडिसीले दूध, दही, घ्यू, बटर, पनिर, आइसक्रिमलगायत विभिन्न दुग्धजन्य वस्तु उत्पादन गर्दै आएको छ । संस्थानले किसानबाट दूध सङ्कलन गरी प्रशोधनपछि उपभोक्तासम्म पुर्याउने व्यवस्था मिलाउँदै आएको छ, जसले हजारौँ दुग्ध उत्पादक किसानलाई प्रत्यक्ष लाभ पुर्याइरहेको छ ।