काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदका लागि दरखास्त माग गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले सूचना जारी गर्दै रिक्त रहेको अध्यक्ष पदका लागि प्रतिस्पर्धात्मक प्रणालीद्वारा छनोट गर्न लागेको भन्दै दरखास्त माग गरेको हो ।
इच्छुक र योग्य व्यक्तिले जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त पेश गर्न सक्नेछन् ।
