काठमाडौं । विज्ञहरुले उर्जा सुरक्षाको लागि ब्याट्री स्टोरेज प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिएका छन्।
बुधबार घाम पावर र बिजनेशपानाको सहकार्यमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले निरन्तर रुपमा गुणस्तरीय उर्जा आपूर्ति सुनिश्चित गर्नको लागि ब्याट्री स्टोरेज प्रविधिको प्रयोग बढाउनु पर्नेमा जोड दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा घाम पावरका प्रमुख कार्यकारी अधिकृत अन्जल निरौलाले अहिलेको नेपालको उर्जा उत्पादन, वितरण र प्रसारणको अवस्थाबारे प्रकाश पार्दै अहिले पनि वर्षायाममा बिजुली खेर जाने र सुक्खायाममा बिजुली नपुगेर आयात गर्नु पर्ने बिडम्बना प्रस्तुत गरे।
भारतबाट आउने बिजुली हरेक वर्ष नवीकरण गर्नु पर्ने व्यवस्था रहेको र कुनै कारणवस त्यस्तो नवीकरण हुन नसके वा भारतबाट बिजुली आउँन नसकेकामा विद्युतको आपूर्तिमा ठूलो समस्या उत्पन्न हुने उनको भनाई थियो।
यस्तो अवस्थाको समाधानको लागि रुफटप सोलार आयोजना एक उपयुक्त विकल्प हुन सक्ने उनले बताए। उनका अनुसार हाल नेपालभर विभिन्न घर, उद्योग, अस्पताल, विद्यालय जस्ता संरचनाको छतमा सोलार राखेर त्यसबाट करिव ७० मेगावाट विजुली उत्पादन भईरहेको जानकारी दिए। यदि ति सोलार आयोजनामा ब्याट्री ब्याकअप राख्न सकिएमा रातको समयमा पनि सोलार कै बिजुली प्रयोग गर्न सकिने तथा बिजुली सस्तो भएको समयमा सस्तो बिजुलीबाट ब्याट्री चार्ज गरेर विजुली महँगो भएको समयमा सो बिजुली प्रयोग गर्न सकिने बताए ।

विश्वभर ब्याट्री इनर्जी स्टोरेज सिस्टम (द्यभ्क्क्) लाई नै उर्जाको भविष्यको रुपमा लिइएकोले नेपालमा पनि यो प्रणालीको प्रयोगलाई बढावा दिनु पर्ने उनको भनाई थियो। उनका अनुसार घाम पावरले लक्ष्मी स्टिलको फ्याक्ट्रीमा गुरुयोजनाको रुपमा ४ मेगावाट घण्टा (४ एमडब्ल्यूएच) क्षमताको ब्याट्री प्रणाली स्थापना गर्न लागेको छ। संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (यूएनआईडीओ) बाट घाम पावरले नेपालमा हालसम्मकै ठूलो ऊर्जा भण्डारण प्रणाली स्थापना गर्ने यो प्रोजेक्ट पाएको हो। यस प्रोजेक्टलाई ग्रिप्स २ (न्चष्म च्भकष्ष्भिलत तजचयगनज क्ष्लतभििष्नभलत एजयतयखयतिबष्अ बलम क्तयचबनभ (न्च्क्ष्एक् २)) भनिएको छ । यस्तो प्रणाली अन्य उद्योगमा पनि जडान गरेमा उद्योगले सस्तो दर निरन्तर रुपमा गुणस्तरीय विजुलीको आपूर्ति सुनिश्चित गर्ने बताए। उनका अनुसार १ मेगावट क्षमताको ब्याट्री ब्याकअप सहितको सोलार जडान गर्नको लागि करिव ९ करोड रुपैयाँ लाग्छ ।

त्यस्तै कार्यक्रममा प्रशुपति रिन्यूएबल्सका अध्यक्ष तथा सौर्य उर्जा उत्पादकहरुको संस्था सोप्पानका अध्यक्ष रहेका डा. सन्दिप शाहले रुफटप सोलार आयोजनासँग सम्बन्धित धेरै विषयमा नीतिगत प्रष्टता नरहेकोले नीतिगत व्यवस्था गरिनु पर्नेमा जोड दिए। रुफटपमा सोलार जडान गर्दा अनुमति लिनु पर्ने नपर्ने, वातावरणीय प्रभाव मुल्यांकन गर्नु पर्ने नपर्ने लगायतका विषयमा प्रष्ट नीति आउनु पर्ने बताए। त्यस्तै उनले यस्ता आयोजनामा प्रयोग हुने ब्याट्री आपूर्तिकर्ता कम्पनीले नै फिर्ता लैजाने भएकले ब्याट्री डिस्पोजको लागि समस्या नरहेको बताए । उनले सोलार आयोजनाको लागि विद्युत प्राधिकरणले तय गरेको ४.९९ रुपैयाँको मूल्यमा सोलार आयोजना निर्माण गर्न नसकिने भएकोले त्यसमा पुनर्विचार गर्न प्राधिकरणलाई आग्रह गरे। उनका अनुसार नेपालमा सोलार आयोजनाको लागि अप्पर मुस्ताङ क्षेत्र सबै भन्दा उत्तम रहेको तर त्यहाँ प्रसारणलाइन समस्या रहेको बताए।

अन्तरक्रिया कार्यक्रममा पाओनियर ल एसोसिएट्सका क्रिपेश श्रेष्ठले अहिलेको विद्युत ऐन २०४९ मै निर्माण भएको र त्यसमा धेरै सुधार आवश्यक रहेको बताए। सो ऐन संशोधनको लागि पटक पटक संसदमा पुगेको भएपनि संशोधन भने हुन नसकेको र अब ऐन संशोधन हुँदा विभिन्न नीतिगत व्यवस्थालाई थप प्रष्ट पारिनु पर्ने उनको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संचारमाध्यममा आवद्द रहेर उर्जा क्षेत्रमा कलम चलाउने पत्रकारहरुको सहभागिता थियो। कार्यक्रममा यदि मौसम र समयसँगै बिजुलीको मूल्य परिवर्तन हुँदा के हुन्छ, नेपालले डाटा सेन्टरहरू र ठूला उद्योगहरूलाई आकर्षित गर्न विशेष बिजुली दर प्रस्ताव गर्यो भने के हुन्छ, ठूला उपभोक्ताहरूले सिधै विद्युत उत्पादनकर्ताबाट बिजुली किन्न सकें भने के हुनसक्छ, अहिले उत्पादन भईरहेको रुफटप सोलारलाई नै औपचारिक रूपमा मान्यता दिइयो भने के हुन्छ भन्ने विषयमा आधारित रहेर पनि अन्तरक्रिया गरिएको थियो।