काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ .०८ र बिक्रीदर १५२ .६८ कायम गरिएको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १७७ .०९ र बिक्रीदर १७७ .७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ .२४ र बिक्रीदर २०६ .०५ तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९४ .६४ र बिक्रीदर १९५ .४१ निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ .०३ र बिक्रीदर १०९ .४६, क्यानेडियन डलर एकको खरिददर ११० .१० र बिक्रीदर ११० .५४ तथा सिङ्गापुर डलर एकको खरिददर ११९ .०६ र बिक्रीदर ११९ .५३ कायम भएको छ ।
जापानी येन १० को खरिददर नौ .५७ र बिक्रीदर नौ .६१ तथा चिनियाँ युआन एकको खरिददर २२ .४२ र बिक्रीदर २२ .५० तोकिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ४० .५३ र बिक्रीदर ४० .६९, कतारी रियाल एकको खरिददर ४१ .७२ र बिक्रीदर ४१ .८८ तथा थाई भाट एकको खरिददर चार .६८ र बिक्रीदर चार .७० कायम गरिएको छ ।

संयुक्त अरब इमिरेट्स दिराम एकको खरिददर ४१ .४० र बिक्रीदर ४१ .५७, मलेसियन रिङ्गेट एकको खरिददर ३८ .४८ र बिक्रीदर ३८ .६३ तथा दक्षिण कोरियाली वन १०० को खरिददर १० .०४ र बिक्रीदर १० .०८ निर्धारण गरिएको छ ।

त्यसैगरी, स्विडिस क्रोनर एकको खरिददर १६ .३९ र बिक्रीदर १६ .४६, डेनिस क्रोनर एकको खरिददर २३ .७० र बिक्रीदर २३ .७९ तथा हङ्कङ डलर एकको खरिददर १९ .४१ र बिक्रीदर १९ .४९ कायम भएको छ ।

कुवेती दिनार एकको खरिददर ४९५ .८६ र बिक्रीदर ४९७ .८२, बहराइन दिनार एकको खरिददर ४०३ .४० र बिक्रीदर ४०४ .९९ तथा ओमानी रियाल एकको खरिददर ३९५ .०१ र बिक्रीदर ३९६ .५७ तोकिएको राष्ट्र बैंकले जनाएको छ । भारतीय पैयाँ १०० को खरिददर १६० पैयाँ र बिक्रीदर १६० पैयाँ १५ पैसा तोकेको छ ।