काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १३ देखि २९ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीको आगामी सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले जेठ २९ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा ५९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनले पाउनेछन् ।
