काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी छिटै गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा उनले हालसम्म उखु मिलले भुक्तानी नदिएको बताए । “चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि पाएका छैनन् ।
चाँडै उखु किसानको भुक्तानी होस् । सरकारको अनुदान पनि चाँडै प्राप्त होस्,” उनले भने । रोपाइँको समयमा पर्याप्त मलको व्यवस्था गर्न पनि उनले माग गरे ।
उनले बागमतीको कटानले सर्लाहीको बरहथवा नगरपालिकाको वडा नम्बर १, २, ३, ४ मा करिब ५० हजारभन्दा बढी नागरिकहरूको उठीबास हुने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।