काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०८३/८३ प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
चालु आर्थिक वर्षका लागि ५ खर्ब रुपैयाँबराबरको सार्वजनिक ऋण परिचालनको लक्ष्य राखिएकोमा फागुन मसान्तसम्म आन्तरिक र बाह्य गरी कुल ३ खर्ब रुपैयाँ ऋण परिचालन गरिएको पनि अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
