काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले ८ विश्वविद्यालयका उपकुलपति बन्न आवेदन दिएका मध्ये योग्य दरखास्त स्वीकृत गरेको छ।
मन्त्रालयले आज सार्वजनिक गरेको सूची अनुसार ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम आवेदन दिएका २१८ मध्ये योग्य ठहरिएका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरेको जनाएको छ ।
मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति सिफारिस प्रक्रिया अघि बढाएको छ ।