मदन तिमल्सेनातनहुँ, भदौ १५ -तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेमा संचालित होलिडे मिनरल वाटर प्रा. लि को मिटरल वाटरको बोतलमा लेदो र फोहोर देखिएको छ ।
दमाैलीको एक किराना पसलमा उक्त पानीको बोतल भेटिएको हो । किराना पसलमा पानी खरिद गर्न गएका व्यास नगरपालिका वडा नम्बर २ का अजित पन्थले मिनरल वाटरको बोतल भित्र लेदो देखिए पछि बोतलको सिल नफोरिकन पत्रकारहरुलाई खबर गरेका थिए ।
उक्त पानीको बोतल नियाल्दा बोतल भित्र हरियो रङ्गको लेदो प्रष्टसंग देखिन्छ । कोरोना तथा लकडाउनको समयमा बजार अनुगमन नहुदा र मिनरल वाटर कम्पनीमा राम्रोसंग पानी प्रशोधित नहुँदा उपभोक्तालाई हानी पुर्याउने लेदो मिसिएको पानी बजारमा धेरै नै भएको पन्थले आशंका व्यक्त गरेका छन्।
साथै बजारमा प्रदुशित मिनरल वाटर बिक्री गर्ने कम्पनीलाई कार्वाही गर्न पनि उनले आग्रह गरे ।होलिडे मिनरल वाटरको उक्त प्रदुशित पानीको बोतल आफुले सुरक्षित रुपमा राखेका उनले बताए । ‘सरकारी कार्बाहिका लागि प्रमाण स्वरुप सो बोतल सुरक्षित राखेको छु’ उनले भने ।
FACEBOOK COMMENTS