काठमाडौं । सरकारले चुरोट र मदिरामा अन्त:शुल्क (एक्साइज ड्युटी) वृद्धि गर्ने भएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणमा चुरोट र मदिरामा १० प्रतिशतले अन्त:शुल्क वृद्धि गरिने बताएका छन्।
सरकारले स्वास्थ्य जोखिम न्यूनीकरण र राजस्व वृद्धि गर्ने उद्देश्यसहित यस्तो कर नीति अघि सारेको हो।
यस निर्णयपछि चुरोट र मदिराको मूल्यमा असर पर्ने अनुमान गरिएको छ।