काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा महानगरपालिका र उपमहानगरपालिका बाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई विशेष कर सहुलियतको घोषणा गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महानगरपालिका र उपमहानगरपालिकाबाहेकका क्षेत्रमा नयाँ चलचित्र हल स्थापना गर्नेलाई सुरूको १० वर्षसम्मको पूर्णरुपमा आयकर छुटको व्यवस्था मिलाएको जानकारी दिएका हुन्।
सरकारले चलचित्र उद्योगलाई प्रोत्साहन गर्दै मनोरञ्जन पूर्वाधारलाई राजधानी र ठूला सहरबाहिर विस्तार गर्ने उद्देश्यसहित यस्तो व्यवस्था ल्याएको हो।