काठमाडौं । प्लाटिनम–स्तरको एसीसीए (एसीसीए)प्रदायक संस्था ब्रिटिश प्रोफेशनल कलेज (बीपीसी) र एसीसीएको सहकार्यमा पोखरामा आईएफआरएस सम्बन्धी एकाउन्टिङ शिक्षक कार्यशाला” आयोजना हुने भएको छ।
ब्रिटिश एजुकेशन ग्रुप अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेजले गण्डकी प्रदेशका लेखा तथा व्यवस्थापन विषय अध्यापन गराउने शिक्षकहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यशाला आयोजना गर्न लागेको जनाएको छ।
कार्यशाला आगामी जुन ६, २०२६ मा पोखरा इभेन्ट सेन्टरस्थित सगरमाथा हलमा बिहान ९:३० बजेदेखि बेलुका ५:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड तथा नेपाल वित्तीय प्रतिवेदन मापदण्ड (एनएफआरएस) सम्बन्धी नवीनतम अभ्यास, परिवर्तन र व्यावसायिक प्रयोगबारे प्रशिक्षण दिइने बताइएको छ।
कार्यक्रमको प्राविधिक सत्र एफसीसीए बिक्रान्त आचार्यले सञ्चालन गर्नेछन्। उनले आईएफआरएससमकालीन एकाउन्टिङ अभ्यास, वित्तीय प्रतिवेदन तथा व्यावसायिक क्षेत्रमा भइरहेका नवीन अभ्यासबारे सहजीकरण गर्ने जनाइएको छ।
कार्यक्रम आयोजकका अनुसार कार्यशालाले शिक्षकहरूबीच ज्ञान आदान–प्रदान, नेटवर्किङ तथा व्यावसायिक सहकार्य विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

ब्रिटिश एजुकेशन ग्रुपका प्रोफेशनल एजुकेशन प्रमुख दिपेन्द्र के श्रेष्ठले भने, “ब्रिटिश प्रोफेशनल कलेजले व्यावसायिक शिक्षामा अन्तर्राष्ट्रिय मापदण्ड स्थापित गर्दै आएको छ। उद्योगसँग सम्बन्धित व्यावहारिक तथा विश्वस्तरीय प्रशिक्षणमार्फत शिक्षकहरूलाई सशक्त बनाउने हाम्रो उद्देश्य हो।”

ब्रिटिश प्रोफेशनल कलेज एसीसीए तथा व्यावसायिक एकाउन्टेन्सी शिक्षामा अग्रणी संस्थाका रूपमा परिचित छ। प्लाटिनम–स्तरको एसीसीएप्रदायक संस्थाका रूपमा रहेको बीपीसी ले विद्यार्थी तथा शिक्षकहरूलाई लेखा, वित्तीय तथा व्यवसाय क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको व्यावसायिक शिक्षा प्रदान गर्दै आएको जनाएको छ।