काठमाडौं, भदौ १६ – सिरहामा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
मृतक मिर्चैया नगरपालिका–६ का रहेको जनाइएको छ । भदौ १० मा उपचारका लागि भर्ना भएका उनको उपचारकै क्रममा सोमबार राति करिब साढे ९ बजे ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जनाए ।
भदौ ९ गते संक्रमण पुष्टि भएका उनलाई स्वाशप्रस्वाशमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
यसअघि उनलाई विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गराएका पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान पुगेका उनको अन्तत ज्यान गुमाउनुपरेको छ ।
उनी उच्च रक्तचाप र मधुमेहका विरामी समेत रहेको थियो । यो सहित सिरहामा करोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
FACEBOOK COMMENTS