काठमाडौं, भदौ १६ – कोरोना संक्रमणबाट पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको मृत्यु भएको छ ।
लामो समयदेखि मुटुको समस्या रहेका चालिसे उपचारका लागि गंगालाल अस्पतालमा भर्ना भएका थिए ।
लामो समयदेखि मुटु रोगबाट ग्रसित ७० वर्षीय चालिसेको आज विहान ७ बजे मृत्यु भएको काठमाडौं महानगरपालिका ३ का वडा अध्यक्ष दीपक केसीले जानकारी दिए। भदौ ११ गते अस्पताल भर्ना भएका उनमा उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो।
काठमाडौं महानगरपालिका ३ का निवासी उहाँ २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए।
FACEBOOK COMMENTS