काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले जेठ १९ गते देशकै लागि दुर्भाग्यपूर्ण दिन भएको बताएका छन् ।
तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुनेगरी नारायणहिटी दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको सम्झनामा आज कर्पोरेट खबरसँग कुरा गर्दै उनले २०५८ को जेठ १९ गते देशकै लागि दुर्भाग्य भएको बताएका हुन् ।
२०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।
घटनामा कोमल शाह (ज्ञानेन्द्र पत्नी), शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भए पनि घटना रहस्यमयकै गर्भमा छ ।
राजदरबार हत्याकाण्डबारे के भन्छन् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द ? भिडिओमा हेर्नुहोस्–

