काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ २६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २५ पैसा छ ।
युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ९० पैसा र बिक्रीदर २०५ रुपैयाँ ७० पैसा छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
