महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–३ खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान्–श्रीमती घाइते भएका छन्।
मंगलबार राति घरभित्र प्रवेश गरी चोरीको प्रयास गरिरहेका ५-६ जना अपरिचित व्यक्तिलाई रोक्ने क्रममा २७ वर्षीय रामईश्वर यादव र उनकी २२ वर्षीया श्रीमती किरण यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर दुवै जना घाइते भएका हुन् । घाइते दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ ।
घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।