गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी भएका छन् ।
सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी भए ।
पार्टीका गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा र सहसचिवमा योगेन्द्रजङ्ग बस्नेत १५० विजयी भए ।