काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ ।
नयाँ मन्त्रिपरिषद्मा सामाजिक मन्त्री बेलबहादुर रानामगर, आर्थिक मामिला मन्त्री विक्रमसिंह धामी, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री मान बहादुर रावल रहेका छन् ।
उनीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण गरे ।
दुई जनालाई राज्यमन्त्रीले पनि आजै शपथ लिए । जसमा मधु भारती सामाजिक विकास राज्यमन्त्री र जुना दानी आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन् ।.