काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लागेको छ। तराई भू(भागमा आंशिक बादल लागेको छ। लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशको एक(दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
त्यस्तै आज दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी तराई भू(भागमा आंशिक बादल लाग्नेछ। कोशी र मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागका थोरै स्थानहरू तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू(भागमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत तराई भू(भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराई भू(भाग साथै देशका हिमाली भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।