काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्रको विकास र नीतिनिर्माण प्रक्रियामा कर्पोरेट खबरले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित ‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’ को १८औँ संस्करणलाई सम्बोधन गर्दै उनले विगत १८ वर्षदेखि कर्पोरेट खबरले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन निजी क्षेत्र, सरकार, सर्वसाधारण तथा सरोकारवाला निकायबीच समन्वयकारी भूमिका निर्वाह गर्दै आएको बताए ।
उनले सञ्चार माध्यमका रूपमा कर्पोरेट खबरले सरकार र निजी क्षेत्रबीच मात्र नभई आम नागरिक र नीति निर्माताबीच पनि पुलको भूमिका खेलेको उल्लेख गरे । यस्ता प्रयासले आर्थिक गतिविधि, लगानी प्रवर्द्धन तथा निजी क्षेत्रका मुद्दालाई नीतिगत तहसम्म पुर्याउन महत्वपूर्ण योगदान पुगेको उनले बताए ।