चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले मधेस प्रदेश बाहेकका अन्य क्षेत्रका प्रतिनिधिहरूको नामावली सार्वजनिक गर्दै दाबी विरोधका लागि समय सीमा समेत तोकेको छ।
निर्वाचन समितिका अनुसार बागमतीबाट ७४४ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।
त्यस्तै लुम्बिनीबाट ६३६, सुदूरपश्चिमबाट ५५०, गण्डकीबाट ४७७ कोशीबाट ३९३ र कर्णालीबाट ३४३ महाधिवेशन प्रतिनिधि छानिएका छन् । मधेस प्रदेशका प्रतिनिधिको संख्या भने सार्वजनिक भएका छैनन् ।
