चितवन । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र अझै सुरु भएको छैन ।
सोमबार बिहान ८:३० बजेदेखि बन्दसत्र सुरु गर्ने भनिएको थियो । बिहान सवा १० बजेसम्म बन्दसत्र सुरु नभएको हो ।
चियाखाजालगायत कारणले बन्दसत्र थाल्न ढिलाइ भएको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । “ब्रेकफास्टलगायत कुराले ढिलाइ भएको हो,केही बेरमा नै सुरु गर्छाैं,” उनले भने ।
चितवनको भरतपुरमा महाधिवेशन जारी छ । चितवन प्रदर्शनी केन्द्रमा बन्दसत्र हुनेछ । आइतबार महाधिवेशन उद्घाटन गरिएको थियो । महाधिवेशन मंगलबार सम्म चल्ने तय छ ।
बन्दसत्रमा सुरुमा अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गरिनेछ । रमाकान्त रिमालले प्रस्तुत गर्ने उक्त प्रतिवेदनमाथि छलफल हुनेछ ।

कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्ने आर्थिक प्रतिवेदनमाथि छलफल गरिएपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यसमाथि पनि छलफल हुनेछ ।

त्यसपछि पार्टी सहमहामन्त्री विपीन आचार्यले विधानमाथिको छलफल अगाडि बढाउनेछन् । विधान पारित भएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । त्यसमाथि छलफलपश्चात् पारित गरिने कार्यतालिका छ ।

रास्वपाको महाधिवेशन: आज उम्मेदवारको मनोनयन दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म गरिँदै