काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी असार २२ गते (जुलाई ६) मा हुने भएको छ ।
एनपीएलले सामाजिक सञ्जालमा एक भिडिओको प्रोमो सार्वजनिक गर्दै मिति घोषणा गरेको हो।
एनपीएलका आठ वटै फ्रेन्चाइज टोलीले खेलाडीहरु रिटेन गरिसकेका छन्।
रिटेन बाहेक रिलिज गरिएका र प्रतियोगिताका लागि नाम दर्ता गरेका खेलाडीहरुबीच बोली लगाइनेछ।