काठमाडौं । नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्थामध्ये एक फेसियल हाउसले आफ्नो १२ औँ शाखा काठमाडौंको सितापाइलास्थित अनुपम महलमा सञ्चालनमा ल्याउने भएको छ ।
नयाँ शाखाको औपचारिक उद्घाटन आगामी असार १३ गते हुने कम्पनीले जनाएको छ ।
आजभन्दा करिब १८ वर्ष अघि काठमाडौंको सुन्धारास्थित काठमाडौं मलबाट सुरु भएको फेसियल हाउसले विस्तारको क्रमलाई निरन्तरता दिँदै अब सितापाइलामा नयाँ शाखा सञ्चालन गर्न लागेको हो । यससँगै कम्पनीको शाखा संख्या १२ पुगेको छ ।
फेसियल हाउसले हाल काठमाडौंका विभिन्न स्थानसँगै पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा प्रदान गर्दै आएको छ ।
साथै, काठमाडौं र चितवनमा फेसियल एकेडेमी सञ्चालन गरी सौन्दर्य तथा ब्युटी क्षेत्रका दक्ष जनशक्ति उत्पादनमा पनि योगदान पुर्याउँदै आएको कम्पनीले जनाएको छ ।

संस्थापक सुश्मा महराको नेतृत्वमा स्थापित फेसियल हाउसले आधुनिक प्रविधिमा आधारित सौन्दर्य तथा स्किन केयर सेवा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले सितापाइलामा नयाँ शाखा सञ्चालनमा आएपछि काठमाडौंका सेवाग्राहीलाई गुणस्तरीय सौन्दर्य सेवा थप सहज रूपमा उपलब्ध हुने र धेरै ग्राहकसम्म आफ्नो पहुँच विस्तार हुने अपेक्षा गरेको छ