काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएका ईभी ब्रान्ड दिपल, नामी र सेरेसका आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले आज ललितपुरको बालकुमारीमा आफ्नो नयाँ अत्याधुनिक इभी वर्कसपको औपचारिक उद्घाटन गरेको छ ।
नयाँ वर्कसपको उद्घाटन एमएडब्लू ग्रुपकी अध्यक्ष शान्ति देवी अग्रवाल, एमएडब्लू वृद्धिका अध्यक्ष विष्णुकुमार अग्रवाल, डोंगफेंग मोटर्सका दक्षिण एसिया क्षेत्रकी बिक्री निर्देशक हे जिसिन, डोंगफेंग मोर्टसका क्षेत्रीय सर्भिस म्यानेजर लि सिनचुंग तथा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा गरेका हुन् ।
एमएडब्लू वृद्धि ईभी वर्कसप एउटा सर्भिस सेन्टर मात्र नभई एमएडब्लूको मूलमन्त्र ‘प्रतिबद्धता, विश्वास र उत्कृष्टता’को जीवन्त अभिव्यक्ति हो । यो वर्कसपमार्फत दिपल, नामी र सेरेसका ग्राहकले विश्वस्तरीय सर्भिसको अनुभव पाउने कम्पनीले जनाएको छ ।
नयाँ ईभी वर्कसपमा ९ वटा ‘डेडिकेटेड सर्भिस वे’ छन् जहाँ २४ जना ‘सर्टिफाइड ईभी टेक्निसियन’ले दैनिक ३६ भन्दा बढी ईभीको सर्भिसिङ गर्नेछन् । साथै यहाँ अत्याधुनिक ‘ईभी ब्याट्री डायग्नोस्टिक सिस्टम’ पनि रहेको कम्पनीले जनाएको छ ।
१५ हजार वर्गमिटरमा फैलिएको यो वर्कसपमा स्पेयर पार्टस भण्डार, प्राविधिकहरूको निरन्तर विकासका लागि समर्पित ट्रेनिङ रुम, ग्राहक प्रतिक्षालयको पनि व्यवस्था छ जसले एमएडब्लू वृद्धिको ‘प्रिमियम वनरसिप एक्सपिरियन्स’को प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ ।

यो सर्भिस सेन्टरले काठमाडौं उपत्यकाभित्र ‘पिकअप एन्ड ड्रप अफ’ सेवा, ‘फास्ट ट्रयाक सर्भिस’, २४ घन्टा सातै दिन ‘ब्रेक डाउन असिस्टेन्स’ र ‘डेडिकेटेड सर्भिस हटलाइन’लगायत सेवाहरू पनि प्रदान गर्छ ।