चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।
बुधबार दिउँसो रास्वपा निर्वाचन आयोगले उमेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
आयोगका अनुसार, बेलुका ५ बजेसम्म उमेदवारविरुद्ध दाबीविरोध गर्न सकिनेछ । बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।
७:३० मा मतदान सुरु हुने जनाइएको छ । चार घण्टामा मतदान सकिने आकलन गरिएको छ । बिहीबार बिहान ९ बजे पदाधिकारीको मतदान गर्ने तयारी गरिएको छ ।