काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
घिमिरेले सामाजिक सञ्जालमार्फत डा. कोइरालासँग भेटघाट भएको जानकारी दिँदै पार्टीको आन्तरिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रम तथा समग्र राजनीतिक विषयमा विचार आदानप्रदान भएको उल्लेख गरेका छन् ।
घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा कोइरालासँगको तस्वीर सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा. शेखर कोइरालासँग भेटघाट र छलफल ।’
पछिल्लो समय कांग्रेसभित्र संगठन सुदृढीकरण, पार्टीको आन्तरिक व्यवस्थापन तथा समसामयिक राजनीतिक घटनाक्रमलाई लिएर विभिन्न तहमा परामर्श भइरहेको बेला घिमिरे–कोइराला भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।