चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता समीक्षा बास्कोटा र जगदीश खरेलले आ–आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
बास्कोटाले उनले पार्टीलाई अझ एकताबद्ध बनाउन र सहि लयमा अघि बढाउन एक दकम पछि हट्नु परिपक्वता र बुद्धिमानीपूर्ण हुने ठान्दै उपसभापति पदका लागि घोषणा गरेको उम्मेदवारी फिर्ता लिएको जानकारी गराएकी छन् ।
बास्कोटाले उपसभापति पदकी अर्की उम्मेदवारलाई सोविता गौतमलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी फिर्ता दिएको जनाएकी छिन् ।
यस्तै रास्वपा नेता जगदीश खरेलले महामन्त्रीबाट आफ्नो उम्मेदवार फिर्ता लिएका छन् । सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको दाबीबाट पछि हटेको उनले जनाएका छन् ।
केन्द्रीय सदस्य निर्वाचित भएसँगै उनले महामन्त्रीमा उम्मेदवारी दिएका थिए । खरेलले सामाजिक फेसबुकमा लेखेका छन्, ‘सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु । लामो बाटो तय गर्नुछ ।’