काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनमा श्रीलंका भ्रमणमा जाने भएका छन् ।
अन्तर्राष्ट्रिय जगत्सँगको सम्बन्ध विस्तारका लागि उनी श्रीलंका जान लागेका हुन् ।
प्रचण्डले आज विराटनगरमा आयोजित पार्टीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा आफू श्रीलंका जान लागेको जानकारी दिएका हुन् ।
श्रीलंका भ्रमणको मिति तय भएको छैन् ।