काठमाडौं, भदौ १८ – पब्जि खेल्न नपाएको भन्दै एक किशोरले आफ्नै ज्यान फालेका छन् । यो घटना भारतको गुजरातको हो ।
भारतको आणंद जिल्लाको सुरेली गाउँका १७ वर्षका किशोरले पब्जि खेल्न नपाएको भन्दै किटनाशक औषधी सेवन गरी आफ्नो ज्यान फालेका हुन् । भारतिय मिडियाका अनुसार बाबुले पब्जि खेल्नमा रोक लगाएपछि ती किशोरले आफ्नो ज्यान फालेको बताइएको छ ।
बाबुले मोवाइल खोसीदिएपछि रिसाएका किसोरले विष सेवन गरी घर पुगेको बतायएको छ । वान्ता गर्दै घर पुगेका किशोरको अस्पताल मा उपचारको क्रममा मृत्यु भएको त्यहाँको पुलिसले जनाएको छ ।
FACEBOOK COMMENTS