काठमाण्डौ । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स ले आफ्नो २५औँ वार्षिकोत्सव मनाइरहेका बेला अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
कम्पनीले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत प्रतिष्ठित गोल्ड अवार्ड जित्दै वित्तीय पारदर्शिता, सुशासन र संस्थागत उत्तरदायित्वमा आफ्नो नेतृत्व पुन: स्थापित गरेको हो।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको मूल्याङ्कनका आधारमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल ले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए। आईक्यानका अनुसार उत्कृष्ट वार्षिक प्रतिवेदन, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मापदण्डको प्रभावकारी कार्यान्वयन तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताका आधारमा नेपाल लाइफलाई गोल्ड अवार्ड प्रदान गरिएको हो।
अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताउँदै यसले कम्पनीलाई अझ उच्चस्तरको पारदर्शिता, सुशासन र उत्कृष्ट सेवा प्रवाहतर्फ अघि बढ्न थप प्रेरणा र जिम्मेवारी दिएको प्रतिक्रिया दिए। उनले कम्पनीका बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

चैत मसान्त २०८३ सम्म कम्पनीले ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरेको, २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको र हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ। त्यस्तै, नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको कम्पनीले जनाएको छ।
नेपाल लाइफले इक्रा नेपालबाट –’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनी भएको दाबी गर्दै देशभरका ७७ जिल्लामा रहेका १९७ कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता मार्फत सेवा विस्तार गरिरहेको जनाएको छ। कम्पनीले आगामी दिनमा पनि विश्वास, पारदर्शिता र उत्कृष्ट सेवालाई केन्द्रमा राखेर नेपाली नागरिकको आर्थिक सुरक्षामा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।