काठमाडौं । खराब मौसमका कारण फिफा विश्वकप फुटबल अन्तर्गत राउन्ड अफ ३२ अन्तर्गत मेक्सिको र इक्वेडरबीचको खेल शुरु हुन ढिला हुने भएको छ ।
स्टेडियममाथि कालो बादल मडारिनुका साथै वरपर चट्याङ पर्ने जोखिम बढेपछि खेलाडी र दर्शकको सुरक्षालाई ध्यानमा राख्दै खेल एक घण्टा पछि शूरु हुने फिफाले जानकारी दिएको छ ।
यसअघि नेपाली समय अनुसार खेल ६: ४५ बजेदेखि नै शुरु हुनुपर्ने थियो ।
फिफाले विज्ञप्ति जारी गर्दै स्टेडियम आसपास चट्याङ पर्ने सम्भावना रहेकाले खेल ढिलाइ गर्ने निर्णय गरिएको जनाएको छ । साथै, समर्थकहरूलाई धैर्य र सहयोग गर्न पनि अनुरोध गरेको छ ।
यस खेलको विजेताले अन्तिम १६ मा कंगो लोकतान्त्रिक गणतन्त्र र इङ्ग्ल्यान्डबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।