काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार तथा शहीद गंगाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदका लागि आठ जना प्रतिस्पर्धामा रहेका छन्। उक्त पदका लागि प्रवीण कुमार गिरी, प्रमोद कुमार कोइराला, हुलाश अग्रवाल, सुप्रभात श्रेष्ठ, रविन्द्र बासकोटा, सुरज कुमार गुप्ता, खिलाशा पोखरेल र रन्जित कुमार झाले आवेदन दिएका छन्।
त्यसैगरी शहीद गंगाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदका लागि १४ जनाले दाबी प्रस्तुत गरेका छन्। प्रतिस्पर्धामा राम परीक्षण यादव, अरुण मास्के, रविन्द्र भक्त तिमला, शिवजी विक्रम सिलवाल, शिल्पा अर्याल, नवीन चन्द्र गौतम, दीपक राज बराल, निर्मल पन्थी, दीक्षा जोशी, पंकज कुमार चौधरी, आशिष गोविन्द अमात्य, चन्द्रमणि अधिकारी, आवास कार्की र सञ्जय कुमार श्रेष्ठ रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब छनोट समितिले उम्मेदवारहरूको योग्यता, अनुभव तथा अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा उपयुक्त उम्मेदवार छनोट गरी सिफारिस गर्नेछ। सोही सिफारिसका आधारमा सरकारले दुवै संस्थाको नेतृत्वका लागि अन्तिम निर्णय गर्नेछ।