काठमाडौं । भेनेजुएलामा गत बुधबार गएको भूकम्पमा परेर च्यापिएका एक तीन वर्षका बालकको छ दिनपछि सकुसल उद्धार गरिएको छ ।
बेलायती विश्व समाचार च्यानल बीबीसीका अनुसार भेनेजुएलाका ला गुएरा राज्यबाट ती बालकको उद्धार गरिएको हो ।
अन्तरिम राष्ट्रपति डुल्सी रोद्रिगेजले बालक उद्धारको घटनाले आशाको किरण जोगाएको बताएकी छिन् ।
गत बुधबार तातारन्तार आएका भूकम्पमा परेर झण्डै दुई हजारको ज्यान भएको छ भने दश हजार बढी घाइते भएका छन् । हजारौँ बेपत्ता भएको बताइएको छ ।