काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ भाडा घटाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले भाडा घटाएको हो ।
आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ घटाएको छ । नयाँ भाडादर अनुसार काठमाडौंबाट धनगढीको भाडा १७६५ रुपैयाँ घटेको छ । यस्तै काठमाडौं सिमराको भाडाा ३६० रुपैयाँ घटेको छ ।
प्राधिकरणका अनुसार संशोधित हवाई भाडा दर आजदेखि कार्यान्वयन आएको छ
