काठमाडौं, भदौ १९ – उपत्यकाभित्र दुईरतीन वटा मात्रै शाखा सञ्चालन गर्दै आएका बैंकहरुले थप शाखा संचालन गर्ने भएका छन्।
बैंकहरुमा भीडभाड बढेपछि बाणिज्य बैंकहरुले थप शाखा सञ्चालन गर्ने भएका हुन्।
थोरै शाखा सञ्चालन गर्दा भीडभाड भएपछि चाहिए जति शाखा सञ्चालन गर्न सक्ने सहमति भएको नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिएका छन्।
दाहालका अनुसार नेपाल राष्ट्र बैकसँगको छलफलपछि बैकहरुले उपत्यकाभित्र ७, ८ वटासम्म शाखा सञ्चालन गर्न सक्ने छन्।
ग्राहकको दबाब हुने स्थानलाई मध्यनजर गर्दै शाखा सञ्चालन गर्न सक्ने भएका छने भने कर्मचारीले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रवाह गर्नुपर्ने छ।
FACEBOOK COMMENTS