काठमाडौं । बीवाइडीले नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय सबैभन्दा धेरै चर्चा र विश्वास कमाउन सफल ब्रान्डको रूपमा आफूलाई स्थापित गरेको छ ।
अत्याधुनिक ब्याट्री प्रविधि, लामो ड्राइभिङ रेन्ज, उच्च सुरक्षा मापदण्ड र प्रतिस्पर्धी मूल्यका कारण बीवाइडी नेपाली ग्राहकको पहिलो रोजाइमा पर्दै आएको हो ।
सन् १९९५ मा स्थापना भएको बीवाइडी चीनको बहुराष्ट्रिय कम्पनी हो । यसको स्थापना वाङ छु आनफुले गरेका हुन्। यो कम्पनी ब्याट्री उत्पादनबाट आफ्नो यात्रा सुरु गरेको थियो । यद्यपि आजको दिनसम्म आइपुग्दा यो विश्वकै सबैभन्दा ठूलो ईभी सवारीसाधन उत्पादकहरूमध्ये एक बनेको छ।
नेपालमा बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्क प्रालि हो। साइमेक्सले देशभर १७ वटा डिलर र ५० भन्दा बढी चार्जिङ स्टेशनमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । नेपालमा बीवाइडीका बीवाइडी एट्टो १, बीवाइडी डल्फिन, बीवाइडी एट्टो २, बीवाइडी एम ६, बीवाइडी एट्टो ३, बीवाइडी सिलायन ७, बीवाइडी सिल जस्ता लोकप्रिय मोडलहरू उपलब्ध छन् ।
बीवाइडी एट्टो १
बीवाइडी एट्टो १ बीवाइडीको सबैभन्दा किफायती विद्युतीय ईभी हो। सहरी यात्रालाई लक्षित यो गाडीमा ३०.०८ किलोवाट आवरको ब्याट्री रहेको छ ।
तपाईंले यसलाई एक पटकमा फुल चार्ज गर्नुभयो भने करिब २३० देखि ३०० किलोमिटरसम्मको यात्रा निर्धक्क साथ गर्न सक्नुहुन्छ । यसको सुरुवाती मूल्य २९ लाख ७५ हजार देखि भेरियन्ट अनुसार ३३ लाख ८० हजार सम्ममा पाउनुहुनेछ ।
बीवाइडी डल्फिन
नेपालमा सबैभन्दा लोकप्रिय ईभीमध्ये एक डल्फिन पनि हो । यसमा तपाईंले ४४.९ किलोवाट–घण्टा ब्लेड ब्याट्री, ३४० किलोमिटर रेन्ज, १२.८ इन्चको रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, ३६० डिग्री क्यामेरा, एडीएएस सुरक्षा प्रणाली, वायरलेस चार्जिङ र भेहिकल–टु–लोड जस्ता सुविधा पाउनुहुनेछ । यसको मूल्य ४१ लाख १५ हजारमा रहेको छ ।
बीवाइडी एट्टो २
कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध एट्टो २ मा ५१.१३ किलोवाट–आवरको ब्याट्री, ३४५ किलोमिटर रेन्ज, १०० किलोवाट मोटर, प्यानोरामिक सनरुफ, एडीएएस, ३६० डिग्री क्यामेरा, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र आधुनिक सुरक्षा सुविधा तपाईंले यसमा पाउनुहुनेछ । यसको मूल्य ४८ लाख ९९ हजारबाट सुरु हुन्छ।
बीवाइडी एम६
बीवाइडी एम६ नेपालकै पहिलो प्रिमियम ७ सिटर ईभी एमपीभीका रूपमा उपलब्ध रहेको छ । यो पारिवारिक यात्राका लागि पर्फेक्ट मोडल पनि हो । यसमा ७१.८ किलोवाट–आवर ब्लेड ब्याट्री, ४४० किलोमिटर रेन्ज, १२.८ इन्च टचस्क्रिन, एडीएएस, एडाप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन, रियर क्रस ट्राफिक अलर्ट लगायतका आधुनिक सुरक्षा सुविधा उपलब्ध छन्। यसको मूल्य ५८ लाख ९० हजार निर्धारण गरिएको छ ।
बीवाइडी एट्टो ३
नेपालमा बीवाइडीका मोडलहरूमध्ये सबैभन्दा धेरै ग्राहकले रुचाएको एसयूभी एट्टो ३ हो । यसमा ४९.९ र ६०.४८ किलोवाट आवर ब्लेड ब्याट्री, ३४० देखि ४२० किलोमिटर रेन्ज, प्यानोरामिक सनरुफ, रोटेटिङ टचस्क्रिन, एडीएएस, हीट पम्प, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र प्रिमियम इन्टेरियर जस्ता विशेषता रहेका छन् । यसको मूल्य ६१ लाख ९९ हजार देखि ६७ लाख ८० हजार सम्म पर्छ ।
बीवाइडी सिलायन ७
प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा आएको सिलायन ७ मा ७१.८ किलोवाट आवर ब्याट्री, ४४० किलोमिटर रेन्ज, उच्चस्तरीय एडीएएस, लक्जरी इन्टेरियर, ठूलो इन्फोटेनमेन्ट डिस्प्ले र द्रुत चार्जिङ सुविधाहरू तपाईंले पाउनुहुनेछ । यसको मूल्य ७९ लाख ८५ हजार निर्धारण गरिएको छ ।
बीवाइडी सिल
बीवाइडी सिल लक्जरी गाडीको रूपमा परिचित छ। यसमा ६१.४४ तथा ८२.५६ किलोवाट आवर ब्लेड ब्याट्री, ४६० देखि ६५० किलोमिटर रेन्ज, डुअल मोटर (परफर्मेन्स भेरियन्ट), ३९० किलोवाटसम्मको पावर, एडीएएस, प्रिमियम इन्टेरियर र स्पोर्ट्स ड्राइभिङ अनुभव तपाईंले लिन सक्नुहुनेछ । नेपाली बजारमा यसको मूल्य १ करोड १० लाख रुपैयाँदेखि १ करोड ९५ लाख सम्म रहेको छ।
बीवाइडीका सबै मोडलमा ब्लेड ब्याट्री प्रयोग गरिएको छ, जुन विश्वकै सुरक्षित लिथियम आइरन फस्फेट ब्याट्रीहरूमध्ये एक मानिन्छ। लामो रेन्ज, कम सञ्चालन खर्च, अत्याधुनिक सुरक्षा प्रणाली, नियमित सफ्टवेयर अपडेट र देशभर विस्तार भएको चार्जिङ नेटवर्कका कारण बीवाइडीले नेपाली ईभी बजारमा बलियो उपस्थिति बनाउन सफल भएको छ ।