काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवद्र्धनका लागि मिनर्जी इनिसियटिभ्ससँग रणनितीक परियोजनाका लागि सम्झौता गरेको छ ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसियटिभ्सका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
पर्यावरण तथा हरित बैंकिङ प्रवद्र्धनमा केन्द्रित यो सम्झौतामा समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्षित समुदाय अनुरुप क्षमता अभिवृद्धि गर्दै विभिन्न आयमहरूमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ ।
“अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,” बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने, “यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।”